मनकारी धनबहादुर

Posted on: 23 Feb, 2020


पर्वत । होल्याण्डमा लामो समयदेखि बस्दै आएका मोदी गाउँपालिका ५ बाजुङ पोखरेका धनबहादुर क्षेत्रीले सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । आफ्ना बाबु यामबहादुर पौडेलको चौरासी पूजा मनाउन आएका क्षेत्रीले विद्यालयलाई एक लाख नगद सहयोग गरेका हुन् ।

आइतबार उनले  एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पौडेल, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद शर्मालाई सयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


क्षेत्रीले आफ्नो बाबुआमा यामबहादुर पौडेल, बसुन्धरा पौडेल र सासुससुरा स्व.प्रथा शम्शेर जबरा र मिना रानाको नाममा उनले सहयोग रकम हस्तान्तरण गरेका हुन् । क्षेत्रीका बुबा यामबहादुर पौडेलले विद्यालय स्थापनाको लागि जग्गा दान गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!