उवासंघले पहिलो पटक स्थापना दिवस मनायो

Posted on: 25 Feb, 2020


पर्वत । पर्वत उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवस पहिलो पटक मनाएको छ । २०३२ सालमा स्थापना भएको उद्योग वाणिज्य संघले केक काटेर आफ्नो ४४ औं स्थापना दिवस पहिलो पटक मनाएको हो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हप्पी बर्ड थे उवासंघ भन्दै  केक काटेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । कार्यक्रममा १६ जना पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि उवासंघले अग्रसरता देखाएको र उद्योगीको पक्षमा वकालत गरेको बताइन । उनले जिल्लामा रहेका  लघुउद्यमी, साना तथा मझौला उद्यमको विकास र विस्तार प्रभावकारी रुपले अगाडी बढाउन अझै संस्थाले अग्रसरता देखाउनुपर्ने बताइन ।

पूर्व अध्यक्षहरुले स्थापना दिवसको ४४ वर्षपछि संस्थाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको भन्दै खुसि व्यक्त गरे । संस्थाको स्थापना दिवस कहिले हो भन्ने अन्योलता भइरहेका बेला पहिलो पटक केदरनाथ शर्माको नेतृत्वको अहिलेको कार्यसमितिले स्थापना दिवस मनाएको भन्दै उनीहरुले खुसि व्यक्त गरे ।

केदरनाथ शर्माले आगामी दिनमा पनि संस्थाले निरन्तर रुपमा आफ्नो स्थापना दिवस मनाउँदै लैजाने बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!