अस्पताल हाताभित्रै बेचिन्छ मदिरा र सुर्तीजन्य पदार्थ

Posted on: 01 May, 2020


पर्वत । — जिल्ला अस्पताल पर्वतले अस्पतालकै जग्गा भाडामा लगाएर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरणको लागि प्रसय दिएको छ । अ्रस्पताल हाता वरपरका दर्जनभन्दा बढी पसलेले खुलेआम सुर्ती तथा मदिराजन्य पदार्थ विक्रिविरण गर्दै आएपनि त्यसलाई हटाउनको लागि कुनै पनि निकायले पहल गरेको छैन ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ अनुसार अस्पतालको एक सय मिटर दुरी वरपर यस्ता पदार्थको प्रयोग र बिक्रीवितरण गर्न पाइँदैन । ऐनले सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगरेट, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्रीवितरणमा रोक लगाएको छ ।

२०७४ माघ १० गतेको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थको बजार अनुगमन र नियन्त्रण गर्न सहायक प्रमुख अधिकारी र प्रत्येक स्थानीय तहको प्रशासकीय प्रमुखलाई जिम्मेवारी तोकेको छ । तर पर्वत जिल्लामा भने अनुगमन गरेको पाइदैन ।

कानूनको खिल्लती उडाउँदै जिल्ला अस्पातल हातभित्रै खुलेआम मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरण हुँदा समेत सरोकारवाला निकाय भए मौन देखिएका छन् । 

राज्यको नीति नियमलाई बेवास्था गर्दै जिल्ला अस्पताल हाता वरपर गैरकानूनी रुपमा मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरण हु्रँदा समेत सम्बन्ध्रीत निकायले ध्यान नदिएको सर्वसाधरणले गुनासो गरेका छन् । 

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न राम्रो कानुन बनाएको भन्दै अन्तराष्ट्रिय स्तरमा नेपाल पुरस्कृतसमेत भइसकेको छ । तर, कार्यान्वयन पाटो फितलो हुँदा अस्पतालमात्रै होइन सार्वजनिक स्थल र सरकारी कार्यालयमै सुर्तीजन्य पदार्थको बिक्री रोकिएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!