५ संक्रमितसंगु दुई जना आइसोलेसनमा

Posted on: 03 Jun, 2020


पर्वत । पर्वतमा मंगलबार भेटिएका पाँचजना कोरोना संक्रमितको जिल्लाकै सदरमुकाम कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा उपचार थालिएको छ । उनीहरुसंग थप दुई जनालाई पनि आइसोलेसनमा राखिएको छ । एकै कोठामा भएका भएकाले उनीहरुलाई पनि आइसोलेसनमा भर्ना गरिएको हो ।

गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको विवरण मंगलबार बिहान सार्वजनिक गरेको थियो।  पोजिटिभ देखिनेमा फलेबास नगरपालिकाका १० का २० र ४० वर्षीय पुरुष तथा महाशिला गाउँपालिकाका ३ र ४ का  १९, २० र २१ वर्षीय पुरुष हुन् ।

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार कोरोना पोजिटिभ देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ । ’पीसीआर रिपोर्ट पोजिटिभ आएको भएपनि उनीहरुमा कुनै लक्षण छैन,’ उनले भने, ’सँगै आएका अरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । 

कुश्मासहित सबै पालिकाको लगानीमा २० शैयाको अस्थायी कोरोना अस्पताल तयार गरिएको छ। पहिलोपटक कोरोना संक्रमण देखिएका पाँचजनासँगै भारतबाट आएका थिए। 

उनीहरुसँगै ४१ जना आएका थिए । रिपोर्ट आएका २३ मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ र पाँच जनाको पोजिटिभ आएको हो । बाँकी १८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

पर्वत प्रशासनको पहलमा भारतबाट पछिल्लो दुई सातायता एक सय ६९ जना भित्रिएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण भइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!