मध्यपहाडी लोकमार्गमा पहिरो, पर्वत बागलुङ सडकखण्ड अवरुद्ध

Posted on: 20 Jun, 2020

पर्वत । मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत बागलुङ सडक खण्ड पहिरोका कारण गएराती देखि अबरुद्ध भएको छ । 

पर्वतको कुस्मा नगरपालिका वडा नं १ मा पर्ने सह्रधारामा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो । सह्रधाराबाट पाङ जोड्ने सडकको घुम्तीबाट पहिरो खसेको हो । सडक अबरुद्ध भएपछि सवारीसाधनहरु रोकिएका छन ।

पहिरोका कारण ३३ केभिए बिद्युत प्रसारणलाईन पनि अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रले जनाएको छ । पहिरोले पोलमा क्षति पुर्याएका कारण म्याग्दी र बागलुङमा बिद्युत सेवा अबरुद्ध भएको छ ।

वर्षाका कारण बाटो खुलाउने काममा अवरुद्ध भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!