पर्वतमा समुदायमा कोरोना फैलियो

Posted on: 24 Jun, 2020


जिल्लामा कोरोना संक्रमण अव भने तेस्रो चरणमा पुगेको पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक युवालाई उपचारको क्रममा पोखरामा संक्रमण देखिए पछि गरिएको कन्ट्रक्याट ट्रेसिङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै क्वारेन्टाइन बाहिर समुदायमा पनि कोरोना संक्रमण फैलिएको औपचारिक पुष्टि भएको छ । यस भन्दा पहिले स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिए पछि गरिएको ट्रेसिङमा स्वास्थ्यकर्मीको परिवारमा पनि संक्रमण पुष्टि भएको थियो ।

गत जेठ २१ गते कुश्मा नगरपालिका वडा न ३ का एक युवा रातको समयमा मोटरसाइकल दुर्घटना परी घाईत भएका थिए । मणिपालमा उपचार गराइरहेको बेलामा  जेठ ३० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

असार ३ गते मात्र स्वास्थ्य कार्यालय पर्वतले उनको परिवार सहित पर्वतमा सम्पर्कमा रहेका १२ जनाको स्वाब संकलन गरयो । जसमध्ये पर्वत अस्पतालका  ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भयो । तर, स्वास्थ्यकर्मी संक्रमीत भएको ३ दिनपछि स्वास्थ्यकर्मीको परिवारमा समेत संक्रमण देखियो । भने आम्बोट बस्तीका थप ४ जनामा असार ९ गते पुनः संक्रमण देखियो । 

अहिलेसम्म ७ जना स्वास्थ्यकर्मी र उनीहरुको सम्पर्कमा रहेका २ जना गरी ९ जना स्थानीय संक्रमीत भएका छन् । अर्को तर्फ घाइते युवा सहित अन्य ४ जना पनि स्थानीय नै संक्रमीत भएका छन् । यसरी हेर्दा ट्राभल हिस्ट्री नभएका जिल्लाका ११ जना संक्रमीत बनेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!