अस्पताल पु¥याउन नसक्दा सुत्केरीको मृत्यु

Posted on: 08 Jul, 2020


पर्वत । समयमा अस्पताल पु¥याउन नसक्दा पर्वतमा एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयूँ गाउँपालिका वडा नम्बर २ की २२ वर्षिय तारा आचार्यको ज्यान गएको हो ।

पैयूँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितबहादुर रानाका अनुसार स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार हुन नसके पछि पोखरा रिफर गर्दा बाटोमा मृत्यु भएको थियो । मृतक आचार्य एक महिना देखि उच्च रक्तचापको बिरामी थिइन् । सुत्केरी बेथा लागेकी उनको त्रिवेणी स्वास्थ्यचौकी मार्फत पोखरा जाँदै गर्दा निधन भएको हो ।

स्थानीय स्तरमा गुणस्तरीय उपचारको व्यवस्था नहुँदा घटना घटेको आफन्तजनहरुले गुनासो गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!