आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सेनाका जवान कारागार चलान

Posted on: 15 Jul, 2020

पर्वत । श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पर्वतमा एक नेपाली सेनामा कार्यरत युवा काराघर चलान भएका छन ।  पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवर काराघर चलान गरीएका हुन ।  उनलाई  जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

असार ५ गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर खड्काको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए ।

 मृतक कुँवरकी आफन्तले  कुँवरको विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मानसिक यातना दिँदै आएका  कारण नै छोरी झुण्डिएर मर्न बाध्य भएको आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको निवेदनमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा १ अनुरुप कसुर भएको बताउँदै सोही दफाको २ नम्बर उप दफा बमोजिम कार्बाही माग दाबी गरिएको छ


यस बिषयमा तपाइको प्रतिक्रिया...!