देउपुरको स्वास्थ्यचौकी निर्माणमा भ्रष्टाचार भएको खुलासा

Posted on: 08 Aug, 2020

पर्वत । मोदी गाउ्रँपालिकामा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकीमा भ्रष्टाचार भएको समितिले ठहर गरेको छ । गाउँपालिकामा निर्माण भएको स्वास्थ्यचौकीको भवन भवन आचारसंहिता विपरित भएको पाइएपछि छानविन समिति गठन गरिएको थियो । छानविन समितिले उक्त भवनमा मिलेमतोमै भ्रष्टाचार भएको ठहर गरेको हो ।

मोदी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत र देउपुरका वडा अध्यक्षले पटक पटक अनुगमन गरेपनि अनियमितता भएको पाइएको हो । नेकपा, नेपाली काँग्रेसले छानविन गरी अनियमिता भएको पाइएमा कारवाही गर्न गाउ्रँपालिकालाई दबाब दिएपछि छानविन समिति गठन भएको थियो ।

स्थानीयले निशुल्क जग्गा दान गरी निर्माण शुरु भएको भवनमा चरम लापरवाहीका साथै भ्रष्टाचार भएको तरुण दलका नेता राजेन्द्र हमालले बताए ।जनप्रतिनिधिकै मिलेमतोमा चलखेल भएको हुन सक्ने आशंका गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!