विश्वकै अग्लो पुलमा अनियमितता– संचालन भएको १ हप्तामै जीर्णोद्धार

Posted on: 08 Aug, 2020

पर्वत । पर्वत र बागलुङ जोड्ने बिश्वकै लामो झोलुङे पुल हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाई) थप्ने भएको छ ।


कालीगण्डकी नदिमाथि निर्माण गरिएको बागलुङको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुल सर्वसाधरणको लागि खुला गरिएको हप्तादिन नवित्दै जीर्ण बनेको हो ।


पुलको क्षमता ६१२ जना अर्थात ८५ मेट्रिक टन भए पनि हस्तान्तरण गरि नसक्दै अत्याधिक हल्लिने भएपछि पुर्ननिर्माणको काम थालिएको छ ।


करीब १३० मिटर अग्लो झोलुङे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुबैपट्टि छेउछेउमा थप तार (टाई) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार नरहरि खड्काले जानकारी दिए ।


थानी-बीएलटी-हिमशिखर जेबी निर्माण कम्पनीले सम्झौता मितिभन्दा ३ महीनाअगाडि नै निर्माण सम्पन्न गरेको थियो । २०७५ साल चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो ।
पुल निर्माण सँगै एक घण्टाको बाटो १० मिनेटमा छोटिएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!