१४ दिनसम्म आएन कोरोना रिपोर्ट, क्यारेनटाइनमा बसेका जीवनाथलाई तनाब

Posted on: 09 Aug, 2020


पर्वत । भारतबाट संगै आएर कुश्माको बन्दना होटलमा एउटै कोठामा बसेका चार जना साथीको कोरोना रिपोर्ट आयो र घर गए तर कुर्घाका जीवनाथ शर्माको रिपोर्ट आएन । जीवनाथलाई यसबारेमा कुनै जानकारी दिइनन । अन्तिममा उनलाई भनियोे तपाईको रिपोर्ट मिसिङ भो ।

संगै लिएको स्वाब, संगै पठाइएको हो मेरो मात्रै कसरी मिसिङ हुनुसक्छ । यो चलखेल हुनसक्छ उनले हामीसंग टेलिफोन संबादमा भने । सायद होटलमा बसेको प्रति दिन ७ सय हामीसंग मागिएको छ  त्यही भएर यसमा होटल र सम्बन्धीत अन्यको चलखेल हुनसक्छ उनले भने ।

यदि मेरो रिपोर्ट मिसिङ नै भएको भए उनीहरुको रिपोर्ट आउँदा कै दिनमा मलाई किन जानकारी गराईन । किन कुरा लुकाइयो । जब मैले घरी नगरपालिका, घरी जिल्ला प्रशासन त घरी जिल्ला अस्पतालमा फोन गरे र मेरो रिपोर्टमा चलखेल भएको हो कि भनेर बारम्बार सबैलाई फोनमा भन्न थाले तब एक हप्तापछि उत्तर आयो तपाईको रिपोर्ट मिसिङ भो ।

यदि रिपोर्ट मिसिङ भएको जानकारी पाएपछि किन त्यहि बेला किन मेरो दोस्रो पटक स्वाब लिइएन र यत्रो समय कुरा लुकाइयो यसमा मलाई भय छ कतै कमिशनको चलखेल हुनसक्छ जीवनाथले भने । उनले आफूहरुलाई होटलमा बसेको पैसा दिन भनिएको तर यो भन्दा अगाडीकाको खर्च नगरपालिकाले ब्यहोरेको बताए ।

भारतबाट बस रिर्जभ गरेर सुनौलीसम्म आइयो त्यहाँबाट पनि रिजर्भमा नै पर्वत छिरियो तर नगरपालिकाले कुनै सम्बोधन गर्न सकेन त्यति मात्रै होइन रिपोर्ट नै गायब पारियो उनले भने ।

पहिला नगरपालिकाले उद्धार गरेको पनि सुनियो तर आफै ऋण धनमा यहाँसम्म आइयो फेरी यस्तोृ आपतमा फसियो उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!