एकहप्तादेखि लगातार पहिरो

Posted on: 20 Sep, 2020

महेन्द्र केसी, पर्वत ।  एक सातादेखि परेको अविरल वर्षासँगै मध्यपहाडी पुष्पलाल लोकमार्गको पर्वत बागलुङ सडकखण्ड पहिरोले दैनिक बन्द भएको छ ।

पर्वतको कुस्मा नगरपालिका १ पाङ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । 

दैनिकजसो सडक अवरुद्ध हुन थालेपछि सडक खुलाउनका लागि दुई वटा स्काभेटर तयारी अबस्थामा राखिएको छ । दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य भएको जनाएको छ ।

मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा त्यसको असर राष्ट्रिय गौरवका आयोजनामा परेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!