पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ३ जना बेपत्ता

Posted on: 03 Sep, 2021

भदौ १८, काठमाडौं । पर्वतका छुट्टाछुट्टै स्थानमा गएको पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । पहिरोमा परि तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षाको कारण पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएका छन् । उक्त पहिरोमा पुरिएका ५ जनामध्ये २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना अझै बेपत्ता छन् । पहिरोबाट १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ बाँकी ३ जना बेपत्ता रहेकाले खोजी भइरहेको छ ।

त्यसै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल छन् । पहिरोमै परेर मोदी गाउँपालिका ५ अम्बोटमा ५० वर्षीय ठुलीमाया थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!