जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा फलेवास डोजाङ १५ गोल मेडल सहित पहिलो

Posted on: 14 Dec, 2019

पर्वतको फलेवासमा जिल्ला स्तिरिय तेक्वान्द्रो प्रतियोगिता सम्पन्न भएको छ । यूनाईटेड स्पोर्टस क्लवले आयोजना गरेको बृहत व्यापारिक,कृषि खेदकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १५ वटा गोल मेडल सहित फलेवास तेक्वान्द्रो डोजाङ फलेवास प्रथम भएको छ । त्यस्तै ५ वटा मेडल सहित गेप्ताङ वहाकी तेक्वान्द्रो डोजाङ द्धितिय, ३ गोल मेडल सहित फलेवास मोडल तेक्वान्द्रो डोजाङ तृतिय र १ गोल मेडल सहित मोदी गाउँपालिका तेम्वान्द्रो डोजाङ सान्त्वना भएका छन् । प्रतियोगितामा विजेताहरुलाई फलेवास मेलाको समापन कार्यक्रममा मेडल सहित पुरस्कृत गरिने छ । प्रतियोगितामा विभिन्न उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो ।

पुरुष तर्फ भएको २० ÷ २४ केजी समुहको खेल तर्फ फलेवास तेक्वान्द्रो डोजाङका समिर थापा प्रथम, शिशिर कुवँर द्धितिय र संयोग राना र सहेल राना तृतिय भएका छन् । २४ ÷ २८ केजी समुह तर्फ भएको प्रतियोगितामा गेप्ताङ वहाकी तेक्वान्द्रो डोजाङका प्रजोन थापा प्रथम, फलेवास मोडलका प्रिन्स शर्मा द्धितिय, फलेवास तेक्वान्द्रोका आरुष सुनार र गेप्ताङ वहाकी बिमल थापा तृतिय भएका छन् । २८÷३२ केजी समुह तर्फ  गेप्ताङ वहाकीका जितवहादुर थापा प्रथम, फलेवास तेक्वान्द्रोका दिपेश सुनार द्धितिय, फलेवास मोडलका सौगत कुवँर र फलेवास तेक्वान्द्रोका रञ्जील घिमिरे तृतिय भएका छन् । ३२÷३६ केजी तर्फ फलेवास तेक्वान्द्रोका जेविशन श्रेष्ठ प्रथम, फलेवास मोडलका राजु कुवँर द्धितिय, फलेवास मोडलका अर्जुन परियार र रोशन मल्ल तृतिय भएका छन् ।

३६÷४० केजी तर्फ फलेवास मोडलका दिपिन श्रेष्ठ प्रथम, फलेवास तेक्वान्द्रोका राजिल घिमिरे  द्धितिय र रोशन मल्ल तृतिय भएका छन् । ४०÷४४ केजी तर्फ फलेवास तेक्वान्द्रोका अमीत परियार प्रथम,गेप्ताङ विहादीका निशान थापा द्धितीय र फलेवास तेक्वान्द्रोका प्रदिप भुषाल  र मौसम थापा तितृय भएका छन् । ४४÷४८ केजी तर्फ मोदी गाउँपालिकाका कमल चापागाई प्रथम, गेप्ताङ विहादीका सुशान थापा द्धितिय र फलेवासका अनिश कुवँर र मिलन कुवँर तृतिय भएका छन् । ४८÷५२ केजी तर्फ फलेवास तेक्वान्द्रोका दिपक परियार प्रथम, गेप्ताङ विहादीका समिर थापा द्धितिय  र फलेवास तेक्वान्द्रोका राम नेपाली तृतिय भएका छन् । ५४÷५८ केजी तर्फ फलेवास तेक्वान्द्रोका मनोज नेपाली प्रथम, फलेवासकै सुरज नेपाली द्धितिय, फलेवासकै विजय कुवँर र अर्मत सुनार तृतिय भएका छन् ।

६०÷६४ केजी तर्फ फलेवास तेक्वान्द्रोका अमृत सुनार प्रथम, फलेवास तेक्वान्द्रोका केशव भुषाल द्धितिय र फलेवासकै दिपेन्द्र नेपाली तृतिय  भएका छन् । ८० केजी तर्फ फलेवास मोडलका अंकित थापा प्रथम, र फलेवास तेक्वान्द्रोका इम्ररोज श्रेष्ठ द्धितिय भएका छन् । त्यस्तै महिला तर्फ भएको २६÷३० केजी तौल समुहमा गेप्ताङ वहाकीकी मिसन थापा प्रथम, गेप्ताङ वहाकीकी पुर्णिमा थापा द्धितिय, फलेवास तेक्वान्द्रोकी बिनिश श्रेष्ठ र स्वस्तिका श्रेष्ठ तृतिया भएका छन् । ३०÷३४ केजी तर्फ फलेवास तेक्वान्द्रोकी बनिता गुरुङ प्रथम, फलेवास तेक्वान्द्रोकी स्मृति सुनार द्धितिय, गेप्ताङ वहाकीकी विद्या थापा र फलेवास तेक्वान्द्रोकी बिदिश श्रेष्ठ तृतिय भएका छन् । ३६÷४० केजी तर्फ फलेवास तेक्वान्द्राकी रञ्जीता परियार प्रथम, गेप्ताङ वहाकीकी सोनिया थापा द्धितिय भएका छन् । ४४÷४८ केजी तर्फ फलेवास तेक्वान्द्रोकी समिता थापा प्रथम, गेप्ताङ वहाकीकी आकृती थापा द्धितिय,गेप्ताङ वहाकीकीसानु थापा र रेखा थापा तृतिय भएका छन् ।

 ५४÷५८ केजी तौलतर्फ फलेवास तेक्वान्द्रोकी स्नेह सुनार प्रथम र गेप्ताङ विहादीकी प्रतिमा थापा द्धितिय भएका छन् । ५८÷६२ केजी तोल तर्फ गेप्ताङ वहाकीकी स्नेह थापा प्रथम र फलेवास तेक्वान्द्रोकी खुशी माझी द्धितिय भएका छन् ।  कार्यक्रमको सहजिकरण सिनियर तेक्वान्द्रो विकास थापा ‘हिटलर, मदन थापा र अमित गुरुङले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!