सरकारको पर्यटकीय गन्तव्यको सूचीमा पर्वतका गुप्तेश्वर गुफा, शालिग्राम, महाशीला

Posted on: 02 Nov, 2018

कार्तिक १६, पर्वत/सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने सूची सार्वजनिक गर्दा पर्वतका सेतीबेनीमा रहेको शालिग्राम शिला, लुँखुमा रहेको महाशिला, कुश्मामा रहेको गुप्तेश्वर गुफा प्राथमिकतामा परेका छन् । त्यस्तै दुर्लुङको क्यानोनिङ, केभिङ र होमस्टे पनि समाबेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वधन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । त्यसमा पर्वतका सम्पदा पनि परेका हुन् । पर्वतका सम्पदाहरु पनि सुचिमा परेकामा जिल्लाबासीहरु खुशी भएका छन् । पर्वतका अन्य प्राकृतिक सम्पदाहरु भएपनि ति सम्पदामा सुचिमा नपरेकोमा कतिपयले असन्तुष्टि जनाएका छन् ।

पर्वतकै मोदीबेनी, अल्पेश्वर गुफा, सहस्रधारा, हम्पालको लेक, भवरकोट, पैयुँकोट जस्ता ऐतिहासीक सम्पदा भने सुचिमा परेनन् । सुचिमा परेका गन्तब्य स्थल नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्न योग्य बनाइने छन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रर्वदन गर्ने योजना बनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!