वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा

Posted on: 14 Sep, 2018

भदौ २९, वीरगञ्ज । बिरगंज महानगरपालिका मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । उनले महानगरको काममा अनावश्यक दबाव दिएको भन्दै पार्टीबाटै राजिनामा दिएका हुन् । 

व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका हुन् । अब उनले नेताहरुलाई नै भेटेर पार्टीबाट राजीनामा पत्र बुझाउने तयारीमा छन् ।

उता फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाएका छन् । 

मेयर सरावगीले पार्टीको केहि कुरा चित्त नबुझेको भन्दै पार्टीमा आन्तरिक रुपमा कुरा राखेको बताएका छन् । अनावश्यक कुरामा पार्टीले दबाव दिएको भन्दै उनले दबावमा बसेर काम गर्न नसक्ने बताएका छन् र राजिनामा पछि पार्टी नेतृत्वको धारणा अनुसार काम गर्ने उनले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!