बिरगंज महानगर जलमाग्न !

Posted on: 10 Apr, 2018

चैत्र २७, बिरगंज | बिरगंज महानगरपालिका का मुख्य केन्द्रबिन्दुमा रहेका बिरगंज बजार अविरल वर्षाका कारण पुर्ण रुपमा जलमगन भएका छ । 

बिरगंज महानगरपालिकाले आफ्नो कार्यभार सम्हालेको चौथो महिना बितिसक्दा पनि विकासको कार्य न्युन भएको स्थानिय पुरुषोत्तम दुबेले आफ्नो गुनासो ब्यक्त गर्दै भने । विगतका वर्षमा पनि बर्षाको समय बिरगंज डुब्ने गरेको थियो तर अझै यसको समाधानको कुनै प्रयास भएको छैन । 


महानगरपालिका भए पछी स्थानियले विकासको लागि ठूलो आशा राखेपनि कुनै राहत पाउन सकेका छैनन् ।  बिरगंज महानगरपालिकामा अहिलेसम्म विकास कार्यहरु अगाडी नबढेकोले सर्वत्र जनगुनासो भईरहेको छ । आज परेको अविरल बर्षाले जिल्ला प्रशासन कार्यालय समेत डुबानमा परेको छ । जसको कारण कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु केहीबेर सेवा पाउनबाट बन्चित समेत बने । 

बिरगंज बजारको मुख्य सडक आदर्शनगर, माईस्थान, ग्रिन सिटि, रानीघाट, जिल्ला प्रशासन कार्यालय, लगायत दर्जनौ स्थानहरु वर्षाले गर्दा डुबानमा परेका छन् ।


- नेहाल खानको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!