आखिल क्रान्तिकारीको सभापति उम्मेदवार गुप्ता

Posted on: 14 Feb, 2017


फागुन ३, विरगंज । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि प्रभाकर गुप्तालाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ ।

आज बसेको अखिल क्रान्तिकारीको केन्द्रिय समितिको बैठकले गुप्तालाइ सर्वसम्मत रुपमा उम्मेदवार गरेको संगठनका केन्द्रिय सचिव अमिताब बच्चन दसले जानकारी गराए ।

पर्सा विरगंज उपमाहानगरपालिका - १३, घडीअर्वाका गुप्ता एम.वि. एस. प्रथम वर्षका नियमित विद्यार्थी हुन् । गुप्ता यस पुर्व हुनलागेको २०७० सालको स्ववियु निर्वाचनको सभापतिको उम्मेदवार रहेका थिए । गुप्ता यसपालि पून : सभापतिको उम्मेदवार हुने मौका पाएकोमा खुसि व्यक्त गरे ।

उनले ‘मेरो उम्मेदवारी क्याम्पसमा देखिएका सबैखाले विकृति, बिसंगतीहरुको अन्त्य गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माण गर्नका लागि हो । पहिलेका स्ववियु जित्ने विद्यार्थी नेताहरुले स्ववियुलाई विद्यार्थी हक,हित र अधिकारको पक्षमा भन्दा पनि सांगठनिक रुपमा चलाएको देखिन्छ,उनीहरुले विद्यार्थीहरुको पठन पाठनमा त्यस्तो उल्लेख्य काम गरेको पनि देखिएन, तसर्थ अखिल क्रान्तिकारीले अबको निर्वाचनसँगै शैक्षिक सुधारको काम गर्नुपर्ने छ । हामीले शैक्षिक सुधारको योजना सहित उम्मेदारी दिने दिने घोषणा गरेका छौ ।’

उनले ठाकुरराम क्याम्पसलाई भ्रष्टाचार र गुण्डागर्दी मुक्त नमुना क्याम्पस वनाउनु आफ्नो मुख्य उदेश्य रहेको भन्दै अगाडि भने–‘अब क्रान्तिकारी नेतृत्वमा ठाकुरराम क्याम्पसले कांचुली फेर्ने निश्चीत छ । हाम्रो प्यानलले जित्ने निश्चीत देखेपछि अन्य संगठनहरुमा आतंक मच्चीएको छ । 

विद्यार्थी साथीहरु अनि संगठनका अग्रज विद्यार्थी नेता राकेश यादव, मित्रदेव यादव, लगाएत अन्य नेता तथा विद्यार्थीहरुको ठुलो साथ् र सहयोग रहेको छ । हाम्रो जीतलाई अब कसैले रोक्ने सम्भावना छैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!