अवैधरुपमा ल्याइएको ८० हजार मूल्य बराबरका चल्ला समातियो

Posted on: 27 Dec, 2016

पुस १२, वीरगन्ज । गएराति सशस्त्र प्रहरी बल वागेश्वरी चित्रैनाले ८० हजार मूल्य बराबरको ८५० वटा कुखुराको चल्ला समातेको छ ।

अवैधरुपमा भारतबाट तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१० उदयपुर घुर्मीबाट सो चल्ला समातेको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्रकुमार ठाकुरले बताए। सो चल्ला आज नष्ट गरिने बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!