नृसिंह मन्दिर पिपराको व्यवस्थापन समिती अध्यक्षमा बिनेश पटेल

Posted on: 15 Jan, 2017

माघ २, वीरगंज | नृसिंह मन्दिर पिपराको व्यवस्थापन समितीको अध्यक्षमा बिनेश पटेल चयन भएका छन् । मन्दिर प्राङ्गन वीरगंज – १७ पिपरामा शनिबार बसेको भेलाले पटेललाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो । 

२१ सदसीय कमिटीको उपाध्यक्षमा  सुरेन्द्र पटेल, सचिव देवप्रकास पटेल, सह सचिव सुजित पटेल, कोषाध्यक्ष पुरुषोत्तम पटेल, सदस्यहरुमा अमित पटेल, नरेन्द्र पटेल, शेष हजरा, हरेन्द्र साह कानु, बिष्णु पटेल, वृज गुप्ता, प्रमोद साह, कुशाल पटेल, प्रेम राम, धिरेन्द्र पटेल, संजय पटेल, प्रमोद पटेल , लालबाबु प्रसाद कुर्मी,करुणी निधि, राजन साह,निरन्ज पटेल रहेका छन् । यसैगरी समितीको  सल्लाहकारमा सुर्दशन आर्चाय,मोहन प्रसाद ,शिवशंकर आर्य, किसोरी पटेल ,जगदिश साह,नागेन्द्र पटेल र कामेश्वर पटेल रहेका छन् । 

समितीका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न बैठकमा स्थानियबासिन्दाहरु गजेन्द्र प्रसाद कुर्मी, राजमंगल कापर, रामबाबु प्रसाद पटेल,शम्भु पटेल, नृत्य गोपाल दास, राजिन्द्र पटेल,रामअशिष पटेल, मनोज प्रसाद पटेल लगायतको उपस्थिती रहेको थियो । - राकेश साहबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!