ब्रम्हकुमारीद्वारा शिव चैतन्य झाँकीको आयोजना

Posted on: 04 Mar, 2017

फागुन २१, बीरगंज । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगंजद्वारा महाशिवरात्री पर्वको अवसरमा यस बर्ष ढिलो गरी भोली शिव चैतन्य झाकी सहितको ¥याली वीरगंजमा निस्कने भएको छ ।  ब्रम्हकुमारी राजयोग सेवा केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यस बर्ष शिवरात्री पर्वको अवसरमा वीरगंजबाट २ सय ५० भन्दा बढी शिवभक्तहरुलाई माउण्ट आबु लगिएको र यसैकारणले कार्यक्रम केही दिन ढिला भएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बीरगंजकी मुख्य संचालिका रविना दिदीले बताउनु भयो । 

भोली विहान ७ बजे निस्कने शिव चैतन्य झाकी सहितको ¥यालीले नगर परिक्रमा गर्ने र रामटोल, मुर्ली बगैचा, विर्ता चोक लगायतका स्थानबाट शान्ति ¥याली निस्कने र ¥याली आदर्शनगर रंगशालामा पुगेर प्रवचन सभा परिणत हुने रविना दिदीले जानकारी दिनु भयो । 

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्णकुमार खनाल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य गोकुल भाईले दिनु भएको थियो भने कार्यक्रमको सहजिकरण ब्रम्हकुमारी बेली बहिनीले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!