हात्तिको आक्रमणबाट नुवाकोटकी एक महिलाको मृत्यु

Posted on: 17 Sep, 2018

असोज १, पर्सा  | पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । 

पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो । पसलबाट कोठातर्फ जाने क्रममा हात्तीले गरेको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मृतक वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको छ । 

पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा राति आउने हात्तीको आक्रमणमा परी वर्षेनी पाँचजना बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!