प्रहरीसंग दुर्व्यवहार गर्ने ७ जना भारतीय नागरिक पक्राउ

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौँ | पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिको जगतिया चौकबाट ७ जना भारतीय नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेका भारतीयको समूहले दुर्व्यवहार गरेपछि महादेवपट्टिका प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वको गएको टोलीले भारतीयलाई नियन्त्रमा लिएको हो ।

पक्राउ पर्नेमा भारत मैनाटाड थाना–१ का १९ वर्षीय सञ्जित कुमार पटेल, २० वर्षीय सनी कुमार पटेल, ३५ वर्षीय बिरिन्ची सिंह छन् । त्यस्तै, सोही स्थानका २५ वर्षीय सत्यम साह, २५ वर्र्षीय धनञ्जय कानु, सन्दीप कुमार पटेल र आलोक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ | नियन्त्रणमा लीएका सातै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको प्रहरीले जानकारी दिएको छ |

नेपाली भूमिमा आएर उनीहरुले चेकजाँचमा खटिएका प्रहरीमाथि मदिरा सेवन गरी दुर्ब्यबहार गरेका छन् | ‘बिक्री निषेधित छैन, किन चेकजाँच गरेको ’भने पछि प्रहरीले नियन्त्रणमा लिएको हो |उनीहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।विहार राज्यले मदिरामा प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती क्षेत्रमा भारतीय आउने गरेका छन् । तिनै भारतीयलाई लक्षित गरेर सीमावर्ती क्षेत्रमा मदिरा पसल खुलेको स्थानीयवासीहरु बताउँछन् ।

त्यहाँबाट आउने भारतीयले स्थानीयलाई मात्र नभएर प्रहरीलाई समेत कुटपिट गर्ने गरेका छन् । गत जेठ ३१ गते मात्रै पनि ठोरी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय ठोरीको छेउको सेन्ट्री ड्यूटीमै बसेका प्रहरी जवान प्रसाद चौधरीलाई पाँच जना भारतीय युवाहरुले कुटपिट गरेका थिए । कुटपिट गर्ने पाँचै जना भारतीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!