प्रदेश २ मा सोमबार इदको सार्वजनिक विदा

Posted on: 11 Aug, 2019

साउन २६, पर्सा |  प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् । प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!