वीरगञ्जमा एक युवक मृत फेला

Posted on: 06 Jan, 2020

पुस २१, वीरगञ्ज | वीरगञ्जमा एक युवक मृतफेला परेका छन् | ड्राईपोट–परवानीपुर सडक खण्ड अन्दाजी २५ बर्षका युवक मृतफेला परेका  हुन् | जिल्ला प्रहरी कार्यालय पर्साका  अनुसार टाउको र घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको हो |

मृतको पहिचान भने खुल्न सकेको छैन | अनुसन्धानपछि शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ | धारिलो हतियार प्रहार गरी युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ |

आइतबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!