नेपालमा थप १७ जनामा कोरोना पोजेटिभ, दुई महिने शिशु पनि संक्रमित

Posted on: 06 May, 2020

वैशाख २४, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।  आज थपिएका सहित नेपालमा कोरोना संक्रमितको शंख्या ९९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्ला १७ जना संक्रमितहरु वीरगञ्जका हुन् । आज संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । 

मन्त्रालय प्रवक्ता डा.देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ । 

नेपालमा हालसम्मको तथ्यांक अनुसार संक्रमित महिलाको शंख्या २७ जना रहेका छन् भने पुरुषको शंख्या ७२ रहेको छ । जसमध्ये नेपालमा कोरोना संक्रमित भई २२ जना निको भईसकेका छन् भने हालसम्म कोरोनाको कारण कसैको ज्यान गएको छैन । निको हुनेहरुमा ५ जना महिला छन् भने १७ जना पुरुषहरु रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!