पर्सामा एकैदिन थपिए १२५ जना कोरोना संक्रमित

Posted on: 18 Aug, 2020

भदौ २, काठमाडौँ | पर्सामा एकैदिन थप १२५ जनामा कोरोना संक्रमित फेला परेको छ । 

पर्सामा कोरोना संक्रमित हुनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १६ महिला रहेका छन् ।

यसैगरी सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको छ । 

यसरी टेकुको ६८ र नारायणी प्रयोगशालाको ५७ गरी सोमबार मात्र पर्सामा १२५ जना नयाँ संक्रमित थपिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!