वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

Posted on: 29 Aug, 2020

भदौ १३, पर्सा | वीरगन्जमा थप ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुई पुरुष र एक जना महिला रहेका छन् ।

मृत्यु हुनेहरुमध्ये वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा एक ३७ वर्षीय कोरोना संक्रमित पुरुष बाटोमै मृत्यु भएको छ ।

त्यस्तै वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको छ ।

उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!