कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

Posted on: 15 Sep, 2020

भदौ ३०, पर्सा (रासस) । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । 

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका  अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिनुभयो ।

सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो ।

शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!