समाज | पर्सा - PRS


पर्सामा टाउको नभएको अवस्थामा २२ वर्षीया एक युवतीको शव फेला

Posted on August 30, 2023 | views : 700 | पर्सा - PRS

भदौ १३,  काठमाडौँ | टाउको नभएको अवस्थामा पर्सामा २२ वर्षीया एक युवतीको शब खोलामा फेला परेको छ। पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ सात बजेको समयमा युवतीको शव फेला परेको हो। खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

Read More

आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गर्यो कर नबुझाउने १९ करदाताको सम्पति रोक्का गर्ने तयारी

Posted on August 21, 2023 | views : 473 | पर्सा - PRS

भदौ ४, वीरगञ्ज | आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स,

Read More

सशस्त्र प्रहरी बलका एसपी थपलियाको कार्यालयमा निधन

Posted on August 19, 2023 | views : 1054 | पर्सा - PRS

भदौ २, पर्सा | पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ। पर्साको १३ नम्बर गण प्रमुख रहेका थपलियाको शनिबार दिउँसो १ बजे मृत्‍यु भएको हो । उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।  शनिबार बिहान ११:०५ मा साइकलिङ गरेर

Read More

पर्साबाट १९ राउण्ड गोलीसहित एक भारतीय युवक पक्राउ

Posted on July 24, 2023 | views : 449 | पर्सा - PRS

साउन ८, पर्सा | पर्साबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।  वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई राति प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई ज

Read More

वीरगञ्जमा खानेपानीको हाहाकार

Posted on July 22, 2023 | views : 549 | पर्सा - PRS

साउन ६, वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको सङ्घर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके । खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलया

Read More

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउदै

Posted on July 20, 2023 | views : 411 | पर्सा - PRS

साउन ४, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । वीरगञ्ज सहरको मुख्य नाला अतिक्रमण गरी सञ्चालित क्लासिक होटल र कर्पोरेट बैंकलाई संरचना हटाउन पटकपटक पत्राचार ग

Read More

पर्सा बजारमा बस दुर्घटना: ३१ जना घाइते

Posted on May 15, 2023 | views : 546 | पर्सा - PRS

जेठ १, चितवन | पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ

Read More

महानगरको फोहर टेलिकमको कार्यालयमा

Posted on April 04, 2023 | views : 617 | पर्सा - PRS

चैत २१, वीरगञ्ज | फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ ।  टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर

Read More

जयनगर–कुर्था रेल सेवा: आत्मनिर्भर बनाउने योजना बनाइँदै

Posted on April 03, 2023 | views : 549 | पर्सा - PRS

चैत २०, वीरगञ्ज |  जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ

Read More

तराई मधेसमा आज होली मनाइँदै

Posted on March 08, 2023 | views : 698 | पर्सा - PRS

फागुन २४, काठमाडौँ | पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो ।  कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन न

Read More

बालिकाको हत्या आरोपमा झारफुक गर्ने झाँक्री पक्राउ

Posted on March 06, 2023 | views : 739 | पर्सा - PRS

फागुन २२,  बुटवल | झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छिन् पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं.१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ । रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना १० झिमझिमे बस्ने १४ वर्

Read More

बजार अनुगमन, ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद

Posted on March 01, 2023 | views : 515 | पर्सा - PRS

फागुन १७, वीरगन्ज | होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो ।  वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान

Read More

पर्सामा स्करपियोको ठक्करबाट पढेर फर्किरहेका १३ वर्षीय बालकको मृत्यु

Posted on February 21, 2023 | views : 687 | पर्सा - PRS

फागुन ९, पर्सा | पर्साको ठोरीमा स्करपियो जीपको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।  ठोरीबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश-१ ०२७च-०३०३ नम्बरको स्कर्पियोले मंगलबार​ ठोरी गाउँपालिका-४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा कोचिङ पढेर घर फर्किँदै गरेको बालकलाई ठक्कर दिएको थियो।  ठक्करबाट बा

Read More

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

Posted on February 15, 2023 | views : 831 | पर्सा - PRS

फागुन ३, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ ।  तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने

Read More

पर्साको ओरिया खोलामा भेटिए हराएका दुई सीमास्तम्भ

Posted on February 09, 2023 | views : 738 | पर्सा - PRS

माघ २६, पर्सा | नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।  जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत

Read More

एफएम रेडियो समस्यामा

Posted on February 01, 2023 | views : 844 | पर्सा - PRS

माघ १८, वीरगञ्ज | मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् ।  दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेडियो सञ्चालन गर्न समस्या भएको सञ्चालकहरूको गुनासो छ । ‘सामुदायिक र व्यावसायिक

Read More

मधेश प्रदेशमा छ महिनामा सडक दुर्घटनामा २८१ ले ज्यान गुमाए

Posted on January 31, 2023 | views : 1137 | पर्सा - PRS

माघ १७, काठमाडौँ | मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ ।  चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैय

Read More

पर्सामा निस्सासिएर दुई जना भारतीय नागरिकको मृत्यु

Posted on January 11, 2023 | views : 626 | पर्सा - PRS

पुस २७, पर्सा । पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।  वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। भारत बिहार मोतीहारी जिल्‍ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्

Read More

कक्षामा सधैँ प्रथम भएको भन्दै साथीको अपहरण, चार बालक पक्राउ

Posted on January 09, 2023 | views : 817 | पर्सा - PRS

पुस २५, पर्सा | पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन।  कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बि

Read More

तीस युनिटको विद्युत् महसुल वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने

Posted on December 23, 2022 | views : 841 | पर्सा - PRS

पुस ८, वीरगञ्ज | मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ ।  यसका लागि महानगरले  महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरा

Read More

वर्गीकरणको काम नसक्दा कित्ताकाटमा समस्या

Posted on December 10, 2022 | views : 930 | पर्सा - PRS

मङ्सिर २४, वीरगञ्ज | चौध स्थानीय तह रहेको पर्सामा अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसकिँदा कित्ताकाटको समस्या समाधान हुन सकेको छैन ।  नेपाल सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही मङ्सिर २३ गतेसम्म प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण जग्गालाई गैर

Read More

वीरगञ्जमा पार्किङ व्यवस्थित बनाउन सक्रियता

Posted on December 10, 2022 | views : 949 | पर्सा - PRS

मङ्सिर २४, वीरगञ्ज | वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् । बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् ।  वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक

Read More

वीरगन्जमा एक पुरूष मृत फेला

Posted on November 05, 2022 | views : 1238 | पर्सा - PRS

१९ कात्तिक, वीरगञ्ज | वीरगन्जमा एक जना पुरूष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका-१६ मा एक जना अन्दाजी ४० वर्षका व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको व्यक्ति भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्य

Read More

कुरुवा बसेकी नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ

Posted on October 30, 2022 | views : 951 | पर्सा - PRS

कात्तिक १३, काठमाडौँ । वीरगंजको गण्डक बाईपासमा रहेको एक अस्पतालमा कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको घटना सार्वजनिक भएको छ।  बाइपासमा रहेको स्पर्श मल्टिस्पेसालिटी हस्पिटलकै कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको आरोप लागेको हो। हाडसम्बन्धी समस्याको उपचार गराइरहेका आफन्तको कु

Read More

५० लाख बराबरको तेलको ट्रक नियन्त्रणमा लिएर बिक्री गर्ने चार जना पक्राउ

Posted on October 24, 2022 | views : 1148 | पर्सा - PRS

कात्तिक ७, वीरगञ्ज | करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट २० हजार चार सय ७६ लिटर तेल लोड गरेर सिन्धुलीका लागि हिँडेको ट्रक बेपत्ता पारी तेल बिक्री गर्ने समूहलाई

Read More

सिरहाबाट हराएका युवकको शव विराटनगरको होटलमा भेटियो

Posted on October 14, 2022 | views : 1467 | पर्सा - PRS

असोज २८, सिरहा | सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा भेटिएको छ । शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको प्रहरीले बताए । प्रहरीका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । ‘असोज २६ गते होटलमा इन्ट्री भएको देखिन्छ,’ प्रहरीले भने,

Read More

दाइजोमा गाडी नदिएको र छोरा नपाएको भन्दै बैंक मेनेजरद्वारा श्रीमतीको हत्या!

Posted on September 23, 2022 | views : 5379 | पर्सा - PRS

असोज ७, वीरगञ्ज | वीरगञ्जका एक बैंकका म्यानेजरले माग अनुसार दाइजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माइती पक्षले लगाएका छन् ।  चितवनको भरतपुर महानगरपालिका-१ की पिंकी कुर्मीको बिहे बाराको कलैया उपमहानगर-१ मोतीबागका दिपेन्द्र कुर्मीसँग २०६७ मंसिर १४ मा सामाजिक परम्परा अनुसार धुमधामसँग नै भएक

Read More

बारा, पर्सा र मकवानपुरमा ठूलो वर्षा, सतर्क रहन सुझाव

Posted on September 09, 2022 | views : 1217 | पर्सा - PRS

भदौ २४, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) बिहान १० बजे जनाएअनुसार पछिल्लो ३ घण्टामा बाराको अमलेखगन्ज रआसपास तथा बारा, पर्सा, मकवानपुरको सीमा आसपास केही स्थानमा भारी वर्षा भएको छ। थप वर्षा हुन सक्ने भएकाले पसाहा, दुधौराखोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढी आउने सम्भ

Read More