सर्प उद्वार टोली (तश्वीर हेर्नुहोस्)

Posted on: 28 Jul, 2021

उद्वार गरिएका सर्प जङ्गलमा लगेर छोड्दै । पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबार उद्वार गरि जङ्गलमा लगेर सकुशल छोडिदिएका छन् । तस्वीरः राधिका कँडेल, रासस


लेखनाथको बराल डाँडाबाट उद्वार गरिएको सेती नाग (एक थोप्ले गोमन) । तस्वीरः राधिका कँडेल, रासस 

आफुले उद्वार गरेको सर्प देखाउँदै पोखरा महानगरपालिका–६ जरेवर निवासी ११ वर्षिया बालिका डेजी भण्डारी । आफ्ना बाबाले उद्वार गरि ल्याएका सर्पलाई घाउ चोट लागेमा औषधि गर्ने र बाबासँगै बिगत एक बर्षदेखि सर्प उद्वार पनि गर्दछिन् । तस्वीरः राधिका कँडेल, रासस 

उद्वार गरिएका सर्प जङ्गलमा छोड्नु अघि तस्वीर खिच्दै उद्वार टोली । तस्वीरः राधिका कँडेल, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!