महत भन्छनः अहिलेकै अवस्थामा निर्वाचन गरौँ

Posted on: 28 Oct, 2016
रबिन्द्र यादव | कत्तिक १२, नवलपरासी | नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अहिलेकै अवस्थामा स्थानीय निर्वाचन गर्नु उपयुक्त हुने बताउनुभएको छ ।
परासीमा नेपाली काग्रेस नवलपरासीले गरेको कार्यकर्ता भेटघाटमा बोल्दै महतले नयाँ संरचना गर्दा विवाद बढ्ने भएकाले अहिलेको सन्दर्भमै चुनाव गर्नु उपयुक्त हुने विचार राख्नुभएको हो । उहाँले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसदमा पेस गरिएको महाभियोगप्रस्तावको निर्णयमा काँग्रेस न्यायाधीश भएर उभिने बताउनुभएको छ ।उहाँले नेपाली काँग्रेसले जे निर्णय गर्छ त्यहीँ हुने पनि बताउनुभयो ।उहाँले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि कांग्रेस र माओवादीको सरकारबने पनि प्रधानमन्त्री दाहालले काँग्रेसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताउनुभयो ।
जिल्ला सभापति विष्णु लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल, नेविसंघका पुर्व केन्द्रीय अध्यक्ष रन्जीत कर्ण लगायतले पनि बोल्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!