धुपुलाई खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दै आन्दोलन

Posted on: 07 Nov, 2016


कात्तिक २२, संखुवासभा । स्थानीय तह पुनर्संरचना गर्दा धुपुलाई पनि खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दे धुपु गाविसका विभिन्न राजनीतिक दल संघ सस्था लगायत स्थानीयले आन्दोलन सुरु गरेका छन् । 

स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाउदै माग पुरा नभए आन्दोलन चर्काउने निर्यण गरेको नेकपा एमाले धुपु गाउँ कमिटिका अध्यक्ष तिर्थराज भट्टराईले जानकारी दिए ।

धुपु गाबिस र खाँदबारी नगरपालिका लामो सिमा सम्बन्ध तथा जातीय रहेकोले सिंगो धुपुलाई खाँदबारी नगरपालिका भित्र समायोज गर्नु पर्ने नेकपा माओबादी केन्द्र धुपु धुपु गाउँ कमिटिका अध्यक्ष भेषराज चिमरियाको भनाइ छ। स्थानीय निकाय पुनर्संरचना गर्ने सन्दर्भमा हाल धुपु गाबिसलाई स्थानिय राजनीतिक दल, नागरिक समाज र बुद्धिजिबीहरुको बिना परामर्श सभापोखरी गाउँपालिका कायम गरी धुपुको जनभावना विपरित गरिएको नामाँकन केन्द्र तोकिएको प्रति कडा आपति छ ज्ञापनपत्रमा भनिएको छ।

अब बन्ने गाउँ पालिकाको नाम धुपु गाउँपालिका र यसको केन्द्र धुपु तोकीए धुपु,बाह्रबिसे र सभापोखरी गाबिस सहित गाउँ बनाउन सकिने नेपाली कांग्रेस धुपु गाउँ कमिटिका सभापति सुजन राईले बताए। आफुहरुको माग पुरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने नागरिक संघर्स समिति धुपुले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!