काङ्ग्रेस रामेछाप सचिव कार्कीद्वारा ९ वटा स्थानिय तहको खाका पेश

Posted on: 03 Dec, 2016

प्रज्वल पौडेल/मंसिर १८, रामेछाप । नेपाली काङ्ग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले रामेछाप जिल्लामा ९ वटा स्थानिय तह बनाउदा उत्तम हुने धारणा राख्नुभएको छ । 

यस अगाडि ८ वटा स्थानीय तह निर्धारण गर्दा गर्दा गाउँपालीको केन्द्र र अन्य बिषयमा गुनासो दर्ता भएको भन्दै आयोगले प्रतिवेदन फिर्ता गरेको थियो । 

यस लगत्तै बसेको सर्बदलिय बैठक र छलफलमा सहमति नजुटेको भन्दै सचिव कार्कीले २ वटा नगरपालीका र ७ गाउँपालिकाको सहितको खाका तयार पारी स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रामेछापमा पेश गरेको जानकारी दिनुभएको छ । 

पहिलेको प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै गोठगाउँ, खिम्ती, तिल्पुङ, पकरबास लगायतका गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराएका थिए ।

नेपाली काग्रेस सचिव लेखबहादुर कार्किद्वारा प्रस्तावित स्थानीय तहको खाका : -


यस बिषयमा तपाइको प्रतिक्रिया...!