प्रधानमन्त्रीसँग डा. भट्टराई र यादवको संयुक्त भेटवार्ता

Posted on: 04 Dec, 2016


मङ्सिर १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि संविधान संशोधनको विरोध गर्दै फोरम नेपाल र नयाँ शक्ति नेपालले गत मंसिर १३ मा संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

सरकारले प्रस्ताव दर्ता अगाडि पनि बाबुरामले प्रचण्डसँग भेट गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!