पाँचथरमा राप्रपा नेपाल र राप्रपाको एकीकरण हुन नसकेपछि केन्द्रले टुंगो लगाउने

Posted on: 10 Dec, 2016

जितेन्द्र भण्डारी | मंसिर २५, पाँचथर | केन्द्रमा राप्रपा नेपाल र राप्रपा एकीकरण भएपनि पाँचथर जिल्लामा भने पाटी एकीकरण हुन सकेन् । 

शुक्रबार सदरमुकाम फिदिममा एकता भेला गरेर पाटीलाई एकीकरण गर्न लागेपनि दुवै समूहले अध्यक्षको दावी गरेपछि पाटी एकीकरण हुन नसकेको नेताहरुले वताएका छन् । 

हिजो देखि आज दुई दिन सम्म पाटी एकीकरणको प्रयास गरेपनि राप्रपा नेपालका जिल्ला अध्यक्ष घलेन्द्र कुरुम्बाङ र राप्रपा अध्यक्ष मानदेव केरुङ दुवैले अध्यक्षको दावी गरेपछि एकीकरण गर्न समस्या भएको नेता तेज कुमार कुरुम्बाङले जानकारी दिनुभयो । 

पाटी एकीकरणमा सहमति नजुटेपछि एकता भेलाका लागि आएका पर्यवेक्षक मार्फत केन्द्रले टुंगो लगाउने निर्णय गरी विवाद मिलाउ सिफारिस गरिएको उहाँले वताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!