सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ: भट्टराई

Posted on: 11 Jan, 2017

पुस २७, दाङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन । 

संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए । 

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा रहेको बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!