सांसद रामहरिलाई घडी काण्डबारे प्रवल गुरूङले के भने ?

Posted on: 12 Jan, 2017

पुस २८, काठमाडौं । सांसद रामहरि खतिवडामाथि घडी चोरेको आरोप लागेपछि पूर्वप्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले घडी हराएको विषयमा सांसद खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दिएको घडी आफूले लगाएको बताएका छन् ।

होटल र्‍याडिसनको चेन्जिङ रूममा गएको बेला ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको गोजीमा परेको उक्त घडी उहाँले आफूले थाहा पाए लगत्तै आफ्ना मित्र सीमान्त गुरूङलाई जानकारी गराइसकेको बताएका छन्

‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतष्ठामा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगको लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरिको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्ण पाठसहित 


यस बिषयमा तपाइको प्रतिक्रिया...!