बेल्डाँडी नगरपालिकाको दोस्रो नगरपरिषद सम्पन्न

Posted on: 12 Jan, 2017

पुस २८, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको आज दोस्रो नगरपरिषद सम्पन्न भएको छ ।

बेल्डाँडी नगरपालिकाका कार्यकरी अधिकृत गणेश दत्त भटट्को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमख अतिथि ब्यवस्थापिका संसद सदस्य दिवान सिह बिष्ट रहेका थिए । भने बिशिष्ट अतिथिहरुमा ब्यवस्थापिका सदस्य चन्द्रा जोशी लगयातका बिभिन्न राजनितिक दलका प्रतिनिधि, रहेका थिए भने अतिथिहरुमा समाजसेवी, बुद्धिजिवी , पत्रकार, लगायत स्थानिय सरोकार वालाहरु रहेका थिए ।

बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत भटट्ले आगामी आर्थिक बर्ष ०७४/०७५को बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । बेल्डाँडी नगरपालिको प्रस्ताबित बजेट ९करोड १४ लाख बराबराको रकम सार्वजनिक भएको छ ।

बेल्डाँडी नगरपालिकाले नगर क्षेत्र पूर्वाधार विकास तर्फ अधिकांस बजेट बिनियोजन गरिएको छ । उक्त समारोहमा मनतब्य राख्दै प्रमुख अतिथि माननिय सांसद दिवान सिह बिष्टले यस कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र विकास आफैले पहल गरेर भएको दावी गरेका छन् । उनले भने बेल्डाँडी विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताए । 

आफुलाई साझा मान्छे भाएको दावी गर्दै बिष्टले भने मलाई मैले स्थानिय विकासको काममा पार्टि नभनेको र मैले बेल्डाँडीका नागरिकलाई सहज होला भनेर शुक्लाफाँटा आरक्षलाई निकुञ्जमा परिणत आफुले गरेको दावि गरेका छन् । 

हुलाकी सडक बनाउने आफुले हदै सम्मको प्रयास गरेको कुरा सार्वजनिक गरेका छन् । स्थानियहरुले बेल्डाँडीलाई नगरपालिका रहिरनु पर्नेमा जोड दिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!