स्विस कार्यक्रम नरोक्न राजदूत समक्ष सांसदहरुको माग

Posted on: 15 Jan, 2017

पूर्णप्रसाद न्यौपाने,माघ २,काठमाण्डौ। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्ला ओखलढुंगा,खोटाङ र रामेछापका सांसदहरुले काठमाण्डौमा आईतबार भेट गरेका हुन् । भेटका क्रममा सांसदहरुले स्विस कार्यक्रम निकै प्रभावकारी भएको भन्दै समय थप गरेर कार्यक्रमलाई निरञ्तरता दिन आग्रह गरेका छन् । ‘स्विस कार्यक्रमहरु विकास निर्माणसँगै व्यक्ति,व्यक्तिको जनजिविकासँग जोडिएको भएकाले निकै प्रभावकारी रहेको भन्दै भेटका क्रममा समय थप गर्न हामीले आग्रह गरेका छौँ’ सांसद यज्ञराज सुनुवारले भन्नुभयो‘राजदूत फ्रिडेनले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,आशा छ समय थप हुनेछ र विकासका लागि अझै पहल गरिने छ ।’ सांसद सुनुवारका अनुसार राजदूत फ्रिडेनले निर्माणाधीन ओखलढुंगा–श्रीचौर–खिजीफलाटे सडक निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । 

भेटका क्रममा सबै तीन वटै जिल्लाका सांसदहरुले स्थानीय सडक सुधार कार्यक्रम(LRIP) बढि प्रभावकारी भएको भन्दै तत्काल कार्यक्रम स्थगित नगर्न विशेष आग्रह गरेका थिए । 

नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग फ्रिडेनले आफु राजदूत भएर आएपछिको सांसदहरुसँगको पहिलो औपचारीक भेटघाट उपलब्धी मुलक भएको प्रतिक्रिया दिनुभएको छ । स्विस कार्यक्रम आगामी असार सम्म मात्रै सञ्चालन हुने जनाईएपछि कार्यक्रमलाई निरञ्तरता दिन भन्दै सांसदहरुले संयुक्त रुपमा राजदूतको ध्यानाकर्षण गराएको बुझिएको छ ।

आगामी बैशाख १,२ र ३ गते हुने थेलेदेम्बा महोत्सवमा सहभागिताका लागि आजै राजदूत फ्रिडेनलाई औपचारीक निम्तो समेत दिईएको सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । स्विस सरकारको सहयोगमा स्थानीय सडक सुधार कार्यक्रम(LRIP) ओखलढुंगा,खोटाङ र रामेछापमा सञ्चालनमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!