अब कालोपत्रेमा छिट्टै हिड्न पाउनु हुन्छ: खनाल

Posted on: 15 Jan, 2017


मोहम्मद ईजहार शेष/माघ २, नवलपरासी । नेपाली कांग्रेसका संसदिय दलका नेता बिक्रम खनालले क्षेत्र नम्बर ५ को बिकासका लागि कुनै कसर बाकी नराख्ने दावी गर्नु भएको छ । 

हरपुर युवा सञ्जाल समितिको आयोजनामा आजवाट सुरु भएको खुल्ला क्रिकेट प्रतियोगिताको उद्धघाटन गर्दै नेता खनालले निर्वाचनको बेला आफुले भुतहांदेखि महेशपुर राजमार्ग जोडने बाटो कालोपत्रे गराउने बाचा गरेको र अहिले उक्त कार्य तिब्र रुपमा जारी रहेको बताउदै छिट्टै यस क्षेत्रका जनताले उक्त कालोपत्रे बाटो हिड्न पाउने बताउनु भयो ।

नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहेका नेता खनालले प्रतियोगिताको उद्घाद्धन गर्दै समाजमा भएका बिकृतिको नियन्त्रण गर्न युवाहरुको ठुलो भुमिका रहेकाले सो तर्फ पनि युवाहरुको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनु भयो । 

कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले प्रतियोगिताको सम्पुर्ण पुरस्कार आफुले दिने घोषणा गरेपछि आयोजक समितिका युवाहरु हर्षित भएका छन् भने प्रतियोगिताको दर्ता सहयोग शुल्कवाट जुटेको रकम समाजिक क्षेत्रमा खर्च गर्ने बताएका  छन् । 

सांसद बिक्रम खनालको प्रमुख आतिथ्य तथा आयोजक समितिका अध्यक्ष जहांगिर अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्षेत्रिय सभापति दिनेशमणि पटेल , हरपुरका ईकाई सभापति नरेन्द्र यादव , पुर्व गाविस अध्यक्ष रामनगिना सिंह लगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना ब्यक्त गर्नु भएको खेलका संयोजक रञ्जीत शर्माले जानकारी दिनुभयो । प्रतियोतिगितामा आज भएको खेलवाट हुसैनी क्रिकेट क्लब परसीयाले बिजयी यात्रा सुरु गरेको छ । 

परसीयाले अन्नपुर्ण मावि बुटवललाई हराउदै बिजयि बनेको हो । प्रतियोगितामा प्रथमलाई साईकल स्पोर्ट ड्रेस र द्धित्तियलाई स्पोर्ट ड्रेस सहित सम्पुर्ण खेलाडिलाई शिल्ड ,मेड र प्रमाणपत्र पुरस्कार राखिएको छ भने प्रतियोगितामा भारत र नेपालका गरि मात्र १८ टिमको सहभागिता रह्ने खेलका संयोजक रञ्जीत शर्माले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!