राजकुत कांग्रेसको विवाद अन्त्य

Posted on: 20 Jan, 2017

कृष्ण कँडेल/माघ ७, बागलुङ । नेपाली कांग्रेस गाउँ कार्यसमिति राजकुतको विवाद अन्त्य भएको नेताहरुले बताएका छन् । बिहिबार बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का उपसभापती नर्जङ घर्तीको अध्यक्षतामा भएको बैठकमा विवादमा तानिएका दुवै पक्षविच सहमती गरिएको क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशी, जिल्ला सभापती दिपेन्द्र थापा, सांसाद् ज्ञानकुमारी छन्त्याल लगायतका नेताहरुको उपस्थितीमा सहमती भएको हो । 

विवाद्मा तानिनुभएका जिल्ला सदस्य प्रकाश कुँवर र राजकुत काँग्रेश सभापती तेजेन्द्रविक्रम कुँवर विच विगतमा कमजोरी भएको स्विकार गर्दै दुवै जना पुर्ववत जिम्मेवारीमा फर्किने सहमती भएको क्षेत्रीय उपसभापती नर्जङ घर्तीले जानकारी दिनुभयो । 

यस अघि बागलुङ जिल्लाको स्थानिय पुनर्संरचना गर्ने क्रममा राजकुत गाविसलाई कुन गाउँ पालिकामा राख्ने भन्ने विषयमा दुई जना विच विवाद उत्कर्षमा पुगेको थियो । जिल्ला सदस्य प्रकाश कुँवरले स्थानिय चाहना अनुसार राजकुतलाई प्रश्तावित निसीखोला गाउँपालिकामा राख्नुपर्ने पक्षमा लाग्नुभएको थियो । 

गाउँ पार्टि सभापती तेजेन्द्रविक्रम कुँवर भने राजकुतलाई तत्कालिन प्र्रश्तावित ढोरपाटन गाउँपालिका तथा बर्तमान ढोरपाटन नगरपालिकामा राख्नुपर्ने स्थानिय मत रहेको भन्दै त्यसैमा लविङ गर्नुभएको थियो । 

दुवै पक्षविच विवाद् उत्कर्षमा पुगेपछि प्रकाश कुँवरले गाउँ कार्यसमिति तथा क्रियाशिल सदस्यको बहुमतले गाउँ पार्टि सभापतीलाई निलम्बन गरिएको दावि गर्नुभएको थियो । 

सभापती तेजेन्द्र विक्रम कुँवरले भने राजकुत गाउँ कार्यसमति तथा क्रियाशिल सदस्यको बैठक नै नगरी प्रकाशले आफै माईन्युट गरेर सवैको हस्ताक्षर गर्दै हटाएको प्रचार गर्दै हिँडेको बताउनुभएको थियो । 

स्थानिय चाहना विपरित स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले राजकुतलाई निसीखोला गाउँ पालिकामा प्रश्ताव गरेको भन्दै तेजेन्द्रले पार्टिको क्षेत्रीय बैठकमा पार्टि सदस्य समेत नरहने गरि राजिनामा गर्नुभएको थियो । 

बैठकमा तेजेन्द्र विक्रम कुँवरले आफ्नो राजिनामा फिर्ता लिनुभएको र प्रकाश कुँवरले पनि आफ्नो पक्षबाट भएको निलम्बन फिर्ता गरि पुर्व जिम्मेवारी अनुसार नै काम गर्ने गरि सहमती भएको नेताहरुले बताएका छन् । 

प्रकाशले गल्ति स्विकार गरेपछि सहमती भएको तेजेन्द्र कुँवरले प्रतिक्रिया दिनुभएको छ । प्रकाशसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!