नुवाकोटमा प्रहरी र आन्दोलनरीबिच झडप, दर्जन बढी घाइते

Posted on: 20 Jan, 2017

माघ ७, काठमाडौँ । नुवाकोटमा प्रहरी र प्रदर्सनकारीबीच झडप हुँदा दर्जन बढी सर्बसाधारण घाइते भएका छन् ।

स्थानीय तह पुनर्सरचना आयोगले यसअघि प्रस्ताव गरेको चौघडा, खानीगाउँ, सुर्यमती र थानसिङ गाविसका स्थानीयको जिल्ला सदरमुकाम विदुरमा भइरहेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो । 

स्थानीय तह पुन:संरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा स्थानीयबासिले  जिल्ला बिकास कार्यालय घेराउ गरेका थिए । यही क्रममा आन्दोलनकारीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको हो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले १८ सेल अश्रुग्यास प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले साझासबाललाई बताएको छ तर आन्दोलनरत पक्षले भने ३० सेल अश्रुग्यास प्रहार गरेको बताएका छन् । 

नुवाकोटबाट प्रकाश डंगोलका अनुसार प्रहरीले प्रहार गरेको अश्रुग्यासले दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!