अखिल नेपाल महिला संघ मुगुको अध्यक्षमा रोकाया

Posted on: 24 Jan, 2017


नन्द बहादुर रोकाया/माघ ११, मुगु । अखिल नेपाल महिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनु भएको छ । 

सोमबार सकिएको अखिल नेपालमहिला संघ(क्रान्तिकारी ) मुगुको पाँचौं जिल्ला सम्मेलनमा मनकला रोकाया अध्यक्षातामा निवाचित हुनुभएको छ । रोकायाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको अखिल नेपाल महिला संघ(क्रान्तिकारी मुगले जनाएको छ । 

सम्मेलन आईतबार बाट मुगु सदरमा सुरु भएको थियो । यसै बिच कार्यक्रमा बोल्दै प्रमुख अतिथी माओवादी  केन्द्रकी पोलिटव्युरो सदस्यले रेणुका दाहालले कर्णाली क्षेत्र त्यसममा पनी मुगुका महिलाहरुको दैनिकी परिवर्तनका लागी आफुले सक्दो किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 


अखिल नेपाल महिला संघ क्राान्तिकारीको जिल्ला सम्मेलनमा सहभागि हुनका लागी मुगु सदरमुकाम पुग्नुभएकी दाहालाले महिलाहरुसगँको छलफलमा यहाँको वास्तविक अवस्थाका बारेमा आफुले बुझ्न पाएको बताउदै आफुले आफ्नो क्षेत्रबाट र प्रधानमन्त्रिको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

कर्णालीको भौगोलिक बिकटताका कारण कर्णाली क्षेत्रमा बसोबास गर्ने मुगुका महिलाहरुको अवस्थालाई नकरात्मक असर पारेको दाहालले बताउनुभयो । कर्णालीका महिलाहरु आफै आफ्नो अधिकार खोज्नका लागी लागी पर्नुपर्नेमा मुगुका महिलालाई दाहालले जोड दिनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!