सिके राउत र केपी ओली एउटै सिक्काका दुई पाटाः बाबुराम

Posted on: 12 Feb, 2017

फागुन १ , जनकपुर । नयाँ शक्ति नेपालका पार्टी अध्यक्ष डा. बाबुराम भटटराईले सिके राउत र केपी शर्मा ओली एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । 

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले मधेसमा देखिएको असन्तुष्टिलाई केपी ओलीले सम्बोधन गर्न नसक्दा मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । भट्टराईले केपी ओलीकै कारण सिके राउत प्रवृत्ति हावी हुँदै गएको आरोप लगाए । उनले ओली र राउत दुवैको सोच एकै खालको भएको भन्दै मुलुकमा उनीहरुकै कारण अतिवादी चिन्तन हावी भएको बताए ।

भट्टराईले संविधान संशोधनमा सकारात्मक टिप्पणी दिँदै अहिलेकै परिस्थितिमा स्थानिय चुनाव गर्न नहुने धारणा व्यक्त गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!