नेपाल प्रहरीका २० डीआईजीको सरुवा (सूचिसहित)

Posted on: 22 Feb, 2017

फागुन ११, काठमाडौं । नेपाल प्रहरीका २० डीआईजीको सरुवा भएको छ । 

गृहमन्त्रालयले सोमबार गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालयले बुधबार मात्र सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा प्रहरी एकेडेमीमा देवेन्द्र सुवेदी सरुवा भएका छन् ।

यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा रमेश भट्टराई, मध्यमाञ्चल क्षत्रीय प्रहरी कार्यालयमा गणेश केसी, पश्चिममा मधु पुडाशैली, मध्यपश्चिम विजयलाल कायस्थ, र सुदूरपश्चिममा रुमिन्द्रसिंह देउजा सरुवा भएका छन् ।

यस्तै अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!