संविधान संशोधन विधेयकमाथिको छलफल सुरू (लाइभ हेर्नुस )

Posted on: 23 Feb, 2017

फागुन १२, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमाथिको छलफल सुरू भएको छ । 

संशोधनको विरोध गर्दै आएको एमालेले भने एक दिनका लागि संशोधनमाथि छलफल गर्न दिएको छ । संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

संसदमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । अहिले विधेयकमाथि छलफल जारी छ । मधेसी मोर्चाका सांसदले पनि संशोधनमा भाग लिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!