‘संविधान कार्यान्वय गर’अभियानको समापन

Posted on: 23 Feb, 2017


फागुन १२, सुर्खेत । संविधानको पूर्ण कार्यान्वयन गर, स्थानीय चुनावको घोषणा छिटो गर भन्ने उद्देश्यका साथ सुरु भएको अभियान समापन भएको छ । 

सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले डेढ महिना अगाडि बाट सुरु गरेको यो अभियान औपचारिक रुपमा आज समापन भएको घोषणा गरिएको हो । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि अभियानको समापन गरिएको वाम संस्थाका सचिव अमृता आचार्यले जानकारी दिइन ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन छिटो घोषणा होस् भन्ने उद्देश्यले आफूहरुले यो अभियान संचालन गरेको र सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले अहिले अभियान समापन गरेको उनले बताइ । सार्थ संविधान कार्यान्वयनका लागि अन्य अभियानहरुलाई निरन्तरता दिने उनको भनाई छ । यस अघि वामको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पटकपटक दवाव स्वरुप धर्ना दिने गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!