मधेसी मोर्चाका कारण प्रहरी कार्यालय भित्रै एमालेको कार्यक्रम

Posted on: 26 Feb, 2017

अभिमनु कुमार पटेल | फागुन १५, रौतहट | नेकपा एमालेका वरिष्ट नेता एवं पूर्व प्रधानमन्त्री मावध कुमार नेपालको प्रमुख आतित्यमा बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम रौतहटको सदरमुकाममा आयोजना गरिएको छ । 

सो कार्यक्रमलाई हुन नदिने मोर्चाका नेताहरुले गौर सदरमुकाम, गरुडा , शिवनगर लगायत ठाउँमा विरोध गरिहेकोले तनावग्रस्त भएको छ ।

मधेश र मधेशी जनताहरुको हकअधिकार सुनिश्चित गर्न नदिने एमाले पार्टीले सबभन्दा बढी मधेशीको विरोधी भएकोले एमालेका कुनै कार्यक्रम मधेश लगायत अन्य जिल्लाहरुमा हुन नदिने माधव नेपाल मधेशी र आफनै गृह जिल्ला बासीहरुलाई पटक पटक कार्यक्रमको नाममा जिस्काउने काम गरेको भन्दै मधेशी मोर्चाका नेताहरुले नारा जुशुल लगाईरहेका मधेशी नेता, कार्यकर्ता र प्रहरी बिच दोहरो भिडत भएको छ ।


एमाले नेता नेपालले आफनो कार्यक्रमलाई सफल पार्नको लागि जिल्लाका ठाउँ ठाउँहरुमा प्रहरी उतारेका छन । मोर्चाका नेताहरुलाई तितर वितर पार्नका लागि प्रहरीले आश्रु ग्यास , पाँच राउण्ड हवाई फायर समेत गरेको छ ।गौर पुरै तनाव जारी रहेको छ । एमाले नेता नेपालले आफनो पार्टीको कार्यक्रम मोर्चाको कारण असफल नहोस भने जिल्ला प्रहरी कार्यालय भित्र नै गरेका हुन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!