सीमाङ्कनको टुङ्गो नलगाइ स्थानीय निर्वाचन हुँदैन: यादव

Posted on: 18 Mar, 2017

चैत ५, रौतहट । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनको टुङ्गो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । 

शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुङ्गो नलगाई निर्वाचनको मिति तोकिनु गलत भएको छ ।” 

अध्यक्ष यादबले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णय विरुद्ध सशक्त आन्दोलनको घोषणा गर्ने बताउँदै अबको आन्दोलन मधेसकेन्द्रित नभइ देशव्यापी हुने धारणा व्यक्त गर्नुभयो । 

सरकारले अहिले विभिन्न बाहना बनाएर आफूहरुको माग पूरा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उहाँले सरकारको अगामी कार्यनीति हेरेर आन्दोलनको स्वरुप अगाडि बढउने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!